प्रकृति रिर्सोट -सिन्धुपाल्चोक

प्रांगारिक खेति नेपालको लागी नयाँ अवधारणा होईन । विगतमा नेपालका किसानहरुले प्रांगारिक खेतिको वारेमा जानकारी नभएर पहल गरेको देखिदैन् तर पछिल्लो समयमा आएर प्रांगारिक खेतिको महत्व वुझेपछि यस खेति प्रति आर्कषण वढिरहेको पाईन्छ । पर्यटन क्षेत्रमा जैविक खेतिको महत्व वढिरहेको सन्दर्भमा जस्तै जैविक खेति संगै होम स्टे, वंगुरपालन, कुखुरापालन र पशुपालन प्रभावकारी कार्यक्रमले एकिकृत विकासको अवधारणालाई समेत आत्मसाथ गर्दछ जसले गर्दा पर्यटकहरुको छनौटमा यस किसीमको गन्तव्यहरु पर्दछन् यसले स्थानिय समुदायको जिविकोपार्जनलाई मात्र मद्धत पुग्दैन यसले उनिहरुको जिवनस्तरलाई समेत विकास गर्न कोसेढुंगा सावित हुनसक्दछ । यस किसीमका प्रयासहरु नेपालका कतिपय भूभागमा शुरुपनि भईसकेको छ । एउटा प्रयास स्वरुप स्थानिय समुदायले शुरु गरेको काठमाण्डौ उपत्यका देखि उत्तर दिशामा पर्ने स्थानमा “प्रकृति” नाम हैवुड. प्रांगारिक नमूना रिर्सोट (Prakriti Resort and Organic farm ) स्थापना भएको छ ।

 

प्रकृतिले संचालनमा ल्याएको र हैवुड. प्रांगारिक नमूना रिर्सोट मेलम्ची उपत्यकामा पर्दछ भने यसको समुन्द्र सतह देखि २००० मिटरको उचाईमा रहेको छ । काठमाण्डौ शहर देखि २५ किलोमिटरको दुरीमा उत्तर दिशामा पर्ने यो स्थान सिन्धुपाल्चोक जिल्लाको हैवुड. गाउँ विकास समिति अन्तर्गत पर्दछ । लाड.टाड. राष्ट्रिय निकुञ्ज, गोसाई कुण्ड र हेलम्वु क्षेत्रमा जाने मुख्य द्धारमा पर्दछ । यो रिर्सोट ५० रोपनि क्षेत्रमा रहेको यसको फैलावट पश्चिमवाट उत्तर पूर्व छ भने यो घासे मैदानको रुपमा रहेको छ । साथै दक्षिण र पश्चिम दिशामा शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज वाट घेरिएको छ उत्तर दिशामा मनोरम हिमाली श्रृखड.ला अवलोकन गर्न पाईने, काठमाण्डौ उपत्यकाको हल्ला र प्रदुषण वाट टाढा रहेको शान्त, हरियाली र जैविक विविधताले भरिपूर्ण स्थानको अवलोकन गर्न पाइने यो स्थान पर्यटकको मनै पुलकित हुनुको साथै मनमा सान्त भाव पैदा हुने अनुपम स्थानको रुपमा रहेको छ ।

 

रिर्सोटको संरचना निर्माण र सजावटलाइ नेपाली पन झल्कीने किसीमले विषेश ध्यान दिएको छ । जहा खुला तर सुविधायुक्त व्यवस्थापनलाई विशेष जोड दिएको छ । यसको रेष्टुरेन्ट विल्डीड., टेन्टेट वास स्थान, वैठक कक्ष, खुला स्थानमा वारविक्यू र घासे खेल मैदान उपलव्ध छ । नजिकमा रहेको लामो ताल पुगेर दृश्याअवलोक गर्न सकिन्छ पर्यटकलाई रमाउन सकिने विभिन्न किसीमको गतिविधी गर्दै “प्रकृति संग वाचौ”भन्ने धारणा द्धारा सास्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । स्थानिय सस्कृतिलाई वुझन र रमाउन सकिनेछ साथै किसानको घरमा गएर वस्ने, खाने र काम गर्न सकिने, चरा पुतलि अवलोकन गर्न सकिने प्रकृतिले व्यवस्था मिलाउन सक्दछ ।

 

प्रकृतिले लक्ष्य नेपालीपनमा खेति किसानीको जिवन पद्धति कस्तो हुन्छ भन्ने वारेमा अनुभूति लिन र सिक्न सक्दछौ । राजधानिको शहर देखि २५ किलोमिटर दुरीमा रहेको यो प्रकृति साचो अर्थमा अलौकिक छ ।

 

 

ट्रेकिंग, हाइकिङ्ग प्रबर्धन

प्रकृति, हैवुड.प्रांगारिक नमूना रिर्सोटको वरिपरि सजिलै गर्न सकिन धेरै किसीमकोे टे्रकिड. हाईकिड.को अवसर प्राप्त गर्न सकिन्छ । यस स्थानवाट शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज,सुन्दरीजल, मुलखर्क, ओख्रेनि, वागद्धार, मनिचुर र चिसापानी र शिवपुरी पिक चढाई गर्न सक्छौ । त्यसै गरि नगरकोटको यात्रा त्यति नै राम्ररी अनुभव लिन सक्छौ । सानो हाईकको लागी ट्राउट माछा पालन केन्द्र, चिया वगान, नजिकैमा रहेको चिज कारखाना, धाप क्षेत्रमा गएर चराचुरुगीं र अवसर मिल्यो हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हेर्न पाउछौ ।

 

आउने हिउदको समय (माघ देखि वैशाख )सम्ममा नेपालको राष्ट्रिय फुल लालिगुरास ढकमक्क मनमोहक ढंगवाट फुलेको वेलामा लालिगुरास जंगल यात्राको योजना वनाईनेछ । यो यात्रामा सहभागी भई यात्राको आनन्द लिन सक्नुहुन्छ ।

 

नेपाली सस्कृति, धर्म र रहनसहन वुझनको लागी संखु, वज्रयोगीनि हिडेर पुग्न सक्छौ वाटोमा नेवारी, गुरुड., तामाड. र व्राम्हण क्षेत्री समुदायको गाउँमा होम स्टेको रुपमा रात वस्ने सक्छौ । यसको लागी प्रकृतिले सजिलै व्यवस्थापन मिलाउने छ ।

 

यस स्थानवाट हिमाली श्रृखंलामा सूर्य उदय र सूर्य अस्ताएको दृश्यले साचो अर्थमा आफ्नो वास स्थानको महत्वलाई अझ आत्मासाथ गर्न पाइने छ ।

पहुँच

तपाईको समय अभाव छ भने यहाँ आधा दिनको कार्यक्रम वाट भरिपूर्ण आनन्द लिन सक्नु हुन्छ, हामीलाई विश्वास छ तपाई प्रफुल्ल भएर फर्किनु हुनेछ । वास्तवमा यहा धेरै किसीमको आनन्द लिन सक्ने पदमार्गहरु छन् । पदमार्गमा लालिगुरासको जंगल, मेलम्ची उपत्यका, उत्साहि वनाउने हिमाली दृश्य, हिमाली दृश्य संगैको यात्रा, नागमति नदीको तिरैतिर ड्राईभको आनन्द लिन सकिनेछ । यस क्षेत्रमा निकुञ्ज पर्ने भएकोले जंगल भित्र थुप्रै पदमार्गहरुमा भ्रमण गर्न सकिनेछ । यसको लागी उपयुक्त समय ( हिउदको समय माघ देखि वैशाख ) हो । यो समयमा लालिगुरासको फूलहरु जताततै फुलेको हुन्छ । यसकिसीको स्थानको वारे सुन्दा थाहा पाउदा जान स्वाभाविक रुपमा जान मन लाग्ने हुन्छ तर धेरै टाढा गाहारो होला भन्ने लाग्न सक्छ तर यो काठमाण्डौ उपत्यका देखि जम्मा ३२ किलोमिटरको दुरीमा पर्दछ ।

 

अर्को वाटो भनेको सुन्दरीजल वाट १३ किलोमिटर पदयात्रा गरेर प्रकृतिमा आउन सकिन्छ । प्रकृतिवाट त्यतिनै दुरीको पदयात्राले काठमाण्डौ उपत्यका सम्मको पदयात्रा समाप्त गर्न सकिन्छ । यो पदमार्गमा जिवन्त नेपाली गाउँले जिवन देख्न पाईन्छ प्रकृति र मानिस कसरी मिलेर वसेका छन्, विविधता भित्रको एकताको एकता स्पष्ट देख्न सकिन्छ साचो अर्थमा जिउदो जाग्दो सम्वन्ध देख्न सकिन्छ । यहि सम्वन्ध नेशनल पार्क संग पनि रहेको छ । हेरौ अनि विश्वास गरौ ।

 

प्रकृतिमा आउनको लागी यहाँ थप पदयात्रा मार्ग वारेमा उल्लेख गरिएको छ । प्रकृति काठमाण्डौ देखि उत्तर दिशामा पर्ने प्रकृतिको वरदानको रुपम रहेको यो स्थान शान्त र आनन्दमय स्थान हो ।

 

क. सुन्दरीजल देखि नागमति हुदै प्रकृति सम्मको पदयात्रा ३ घण्टा
ख. मुलखर्क गाउँ, वोल्र्याड. भन्ज्याड., चिसापानी हुदै प्रकृति सम्मको पदयात्रा ५ घण्टाको ।
ग. विकल्पको रुपमा नगरकोट देखि डन्डा हुदै सूर्यअस्त सम्मको प्रकृतिके पदयात्रा ।
घ. अर्को विकल्प काठमाण्डौ देखि ९० मिनेटको ड्राईभमा वौद्ध, संखु, जरसिंह पौवा, र भोटेचौर त्यहा देखि ३० मिनेटको पदैल यात्रा पछि तपाई अवस्मरणीय भाव उत्तेजक स्थान प्रकृतिमा पुग्नु हुनेछ ।